काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको बताएको छ । केन्द्रीय बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति रिपोर्ट सार्वजनिक गर्दै छ महिनामा २ खर्ब ६५ अर्ब ५६ करोड कर्जा लगानी भएको बताएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो…