बैंक खाता अरुलाई चलाउन दिनुभएको छ भने तपाई ‘मनी म्युल’ बन्नुभएको हुन सक्छ, ‘मनी म्युल’ के हो ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘मनी म्युल’ वित्तीय अपराध रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै ‘मनी म्युल’ को बारेमा जानकारी गराएको हो । यस्तो जालमा नपरी यस्ता कार्यप्रति सचेत रही जिम्मेवार वित्तीय व्यवहार अपनाउन पनि केन्द्रीय बैंकले आग्रह गरेको छ । ‘के तपाईले…