काठमाडौं – पियोर इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि बाँकी रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ। त्यस्तै, बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरेको हो।…