९ प्रतिशतले बढ्यो रेमिट्यान्स, घटेनन् श्रम स्वीकृति लिनेहरु

काठमाडौं – नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको छ । आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति रिपोर्टअनुसार आठ महिनामा ९ प्रतिशतले बढेको रेमिट्यान्स १ खर्ब ५१ अर्ब ७७ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो…