प्राइम कमर्सियल बैंकको सत्रौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा मंसिर १९ गते बुधबार सम्पन्न भयो । सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश ९कर सहित० दिने प्रस्तावलाई अनुमोदन गरेको छ ।…