विषय प्रवेशः वि.सं. २०३४ मा प्रत्येक जिल्लामा बैंक शाखा पुगेको अवस्थानेपाल राष्ट्र बैंक ऐन, २०१२ को प्रस्तावनामा उल्लिखित व्यवस्थामध्ये मुलुकभर बैंक प्रथाको विकास गराउनु राष्ट्र बैंक स्थापनाको एउटा मुख्य उद्देश्य थियो । वि.सं. २०१३ मा नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा १८ वर्ष अगाडि नेपाल बैंक लिमिटेडको स्थापना भए पनि त्यतिबेला नेपाल बैंकका जम्मा नौ वटा…