काठमाडौं - महिला आयोगले आरोपित पक्षसँग स्पष्टीकरण नै नलिएर ‘ह्यार्यासमेन्ट’को प्रतिवेदन तयार पारेको खुलासा भएको छ । नेपाल राष्ट्र बैंकले कर्मचारीहरूलाई ‘रिफ्रेसमेन्ट’का लागि भनेर नगरकोट लैजाँदा ‘ह्यार्यासमेन्ट’ गरेको आरोप लागेका आरोपितसँग बयान नै नलिएर प्रतिवेदन तयार पारेको खुलेको हो । जबकी, आयोगले तयार पार्ने यस प्रकारको प्रतिवेदनमा आरोपितसँग कम्तीमा एक पटक बयान लिनुपर्ने प्रावधान छ…