नेपाल राष्ट्र बैंककाे रिपाेर्ट भन्छ : एक वर्षमा शङ्कास्पद कारोबार गर्नेहरू २४ प्रतिशतले बढे

काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । वित्तीय इकाईले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । सो प्रतिवेदनमा इकाईको वार्षिक काम कारबाही तथा नेपालको सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसम्बन्धी विवरण तथा जानकारी दिएको छ । केन्द्रीय बैंकद्वारा सार्वजनिक प्रतिवेदनमा यतिबेला सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा…