‘शासकको संकुचित मानसिकताको छायाँमा नेपालको बैंकिङ्ग क्षेत्र’

विश्व बैंकिङ्ग इतिहाससँग नेपालको बैंकिङ्ग इतिहासलाई तुलना गर्दा हाम्रो देशको बैंकिङ्ग गतिविधि निकै ढिलो गरी विकास भएको देखिन्छ । अमेरिका, बेलायत, फ्रान्स, इटली जस्ता देशहरूमा बैंकिङ्ग गतिविधि व्यापक भइसक्दा समेत हामी नियन्त्रित अर्थ व्यवस्थामा गुम्सिएर बसिरह्यौ । यसको एउटा कारण थियो शिक्षामा जनताको न्यून पहुँच ।  जनता शिक्षित भए शासन सत्ता थाम्न गाह्रो हुन्छ भन्ने…