काठमाडौं – नेपाल राष्ट्र बैंक यतिबेला १८औं गभर्नरको प्रतीक्षामा छ । हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदैछ । राष्ट्र बैंकको गभर्नरमा भने नेपाल सरकारको मन्त्रिपरिषद्वारा गठन भएको सिफारिस समितिको सिफारिसको आधारमा नियुक्त हुने व्यवस्था छ । समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू तथा…