काठमाडाैं - सिन्धु विकास बैंकको सिन्धुपाल्चोकस्थित लामे साँघु शाखामा आगलागी भएको छ। बलेफी गाउँपालिका-८ लामोसाँघुमा रहेको बैंकको शाखामा शनिबार बिजुली सर्ट भई आगलागी भएको हो । स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहायताले नियन्त्रणमा लिइएको आगलागीका कारण मानवीय तथा ऋणसँग सम्बन्धित कागज र बैंकमा रहेको नगद सुरक्षित रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जानकारी दिएको छ…