नेपाल राष्ट्र बैंक एक गरिमामय संस्था हो । यस्तो गरिमामय संस्थाको गरिमामय पद भनेको गभर्नर पद हो । जुन पदमा बस्ने व्यक्तिले आवश्यकताअनुसार सरकारका प्रमुखहरुले गर्न लागेका काम पनि देशको अर्थतन्त्रलाई हानी गर्ने खालको र राष्ट्रको हितविपरित छ भने त्यसको विरुद्धमा खरो रुपमा उत्रिन सक्नुपर्छ । कुनैपनि मन्त्रीले करोडौँ डलर खर्च गरेर अलैँची, सुपारी, मरिच…