काठमाडौं - नारायणी डेभलपन्ट बैंकले मोबाइल बैंकिङ्ग सेवा ‘नारायणी स्मार्ट’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो । बैंकले मोबाइल बैंकिङ्ग सेवा सम्पूर्ण सुरक्षा जोखिम परीक्षण गरेर सञ्चालनमा ल्याएको जनाएको छ। जसले गर्दा नारायणी स्मार्ट एपको प्रयोग सुरक्षित, सहज र भरपर्दाे रहेको बैंकको भनाइ छ…