काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीहरूले नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट पाउने भएका छन् । एनआईसी एशिया बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरूलाई त्यस्तो सुविधा दिने गरी सम्झौता गरेको छ । यस सम्झौतासँगै अब एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीहरूले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।…