काठमाडौं - नेपाल र जापानबीच ‘बाढीले क्षति पुर्याएको सिन्धुली सडकको आपतकालीन पुनर्निर्माण कार्यक्रम’ कार्यान्वयनका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार जापानले नेपाललाई २.८ अर्ब जापानी येन (करिब २ अर्ब ३० करोड रुपैयाँ) बराबरको अनुदान सहयोग उपलब्ध गराउनेछ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको…