काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गतेबाट (आजदेखि) ५ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले १ हजार रुपैयाँको अंकित दरले ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । बैंकले यसमध्ये ३० लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकीको २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरेको छ । …