महालक्ष्मी विकास बैंकको २४ औं साधारण सभा : १०.३७ प्रतिशत लाभांश पारित

काठमाडौं - महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीहरूका लागि लाभांशसहित विभिन्न महत्त्वपूर्ण प्रस्ताव पारित गरेको छ। साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ।…