काठमाडौं – केन्द्रीय बैंकले व्यवसायिक कारोबारका लागि व्यक्तिगत क्यूआर भुक्तानी गराउनु गैरकानुनी भएकाे बताउँदै यसकाे फाइदा बेफाइदाका विषयमा जानकारी दिएकाे छ। नेपाल राष्ट्र बैंकले आज वित्तीय सचेतनाका लागि चेतनामूलक सूचना जारी गर्दै व्यावसायिक र व्यक्तिगत क्यूआरका फाइदा र बेफाइदाबारे जानकारी गराएको हाे। व्यावसायिक क्यूआर स्क्यान गर्दाः कुनै अतिरिक्त शुल्क लाग्दैन। रकम सीधै व्यापारीको खातामा जान्छ।…