काठमाडौं- जेनजी युवाहरूको नामबाट विभिन्न सरकारी कार्यालयमा गएर थर्काउने समूहको नेतृत्व गर्ने अर्जुन शाही ठकुरी आफैँ ठगी आरोपी भएको पाइएको छ। उनीविरुद्ध नेपाल प्रहरीमा दुईवटा उजुरी परेको पाइएको छ। अछाम घर भएका ठकुरीलाई बैंकिङ्ग कसुरको मुद्धामा फरार रहेको निवेदन महाराजगन्ज प्रहरी वृत्तमा परेको थियो। २०८२ वैशाख ३० गते उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी परेको थियो।…