काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति ल्याउन सुरुआती प्रक्रिया अगाडि बढाएको छ।केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै सरोकारवाला निकायहरुसँग मौद्रिक नीतिका लागि राय-सुझाव माग गरेको हो । सूचनामा उल्लेख भएअनुसार सरोकारवाला निकायहरूले आउँदो असार १० गतेभित्र राय-सुझाव पठाउन सक्नेछन्। सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई-मेलमार्फत पठाउन सक्नेछन्…