देशभर निर्वाधरुपमा सुरु भयो मतदान, ५ बजेसम्म चल्ने

काठमाडौं – आज विहान ७ बजेदेखिबाट देशभरका १६५ क्षेत्रमा प्रतिनिधि सभाको मतदान सुरु भएको छ। २०८४ मा हुनुपर्ने निर्वाचन भदौ २३ र २४ को अप्रत्यासित आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएपछि आज फागुन २१ गतेका लागि निर्वाचनको मिति तय भएको थियो। सोहीअनुसार आज विहान ७ बजेदेखि देशभर मतदान सुरु भएको हो। मतदात बेलुका ५ बजेसम्म जारी रहनेछ।…