काठमाडाैं - मुक्तिनाथ विकास बैंक लिमिटेडले २० वर्षको यात्रामा प्रवेश गरेको अवसरमा देशभर विविध सामाजिक, शैक्षिक र सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौसहित जनकपुर, नारायणगढ, धादिङ्ग, पोखरा, इटहरी, बुटवल र लम्कीमा आयोजित बृहत रक्तदान कार्यक्रममा ७५५ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरिएको छ। सो अवसरमा ‘सन २०५० मा…