गाडी किन्नेले थोरै ब्याज र गरिबले धेरै तिर्नुपर्ने अवस्था सच्याउनुपर्नेछ: अर्थमन्त्री

बैंकिङ्ग समाचार, काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा रहेको असमानता हटाउन पहल गरिने बताएका छन्।  राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताए। शर्माले भने ‘गाडी किन्ने कर्जामा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ।’ उनले कर्जा प्रवाहमा व्याजदर घटाएर सहज बनाउन…