काठमाडौं जिल्ला अदालतद्धारा इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं जिल्ला अदालतद्धारा इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


बैंकिङ्ग समाचार, काठमाडौं ।
इच्छाराज तामाङलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । 

त्यस्तै, केशवलाल श्रेष्ठ​लाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । त्यस्तै, बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंहलाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । 

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्था लिमिटेडमा सर्वसाधारणको रकम अपचलन गरेको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले लामो अनुसन्धान गरी जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको थियो ।