नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त

नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकको सञ्चालकमा कर्मचारी सञ्चयक कोषको तर्फबाट रोचन श्रेष्ठ नियुक्त भएका छन् । 

यस भन्दा अगाडि कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गरेका ओमकृष्ण श्रेष्ठ सेवाबाट अवकाश भएसँगै बैंकको सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेको बैंकले नेप्सेमार्फत जानकारी गराएको हो ।