नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ पहिलो दिनमै आधा बिक्यो, पौने ४ अर्बको आवेदन

बैकिङ्ग समाचार । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ पहिलो दिनमा नै आधा बिक्री भएको छ ।  बैंकको आईपीओमा २ लाख ८५ हजार ३१८ वटा आवेदन मार्फत पौने ४ अर्बको आवेदन परेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार शुक्रबार ४ः४० बजेसम्ममा ३ अर्ब ७० करोड ६२ लाख ६७ हजार रुपैयाँ बराबरको…