सानिमा बैंकको तीन नयाँ शाखा सञ्चालन

बैंकिङ्ग समाचार, काठमाडौं । सानिमा बैंक लिमिटेडले तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो ।  कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरेकी हुन् । यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको समुद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की…