नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई आगन्तुक रिसोर्टमा बिशेष छुट

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको पहिलो बैंक नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पदान गर्ने सम्झौता गरिएको छ । नेपाल बैंक र आगन्तुक रिसोर्ट बिच सोमबार भएको सम्झौता बमोजिम नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई आगन्तुक रिसोर्टमा खाना तथा आवासमा २५ प्रतिशत र पेय पदार्थमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

त्यसैगरि यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग, इन्टनेट बैंकिङ्ग र क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई पनि उक्त छुट दिने व्यवस्था गरिएको छ । नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख वित्त अधिकृत होम बहादुर खड्का र आगन्तुक रिर्सोटको तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका हुन् । 

नेपालभर २१३ शाखाहरु, १४७ एटिएम साथै ४९ वटा एक्सटेन्सन काउन्रटर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।