काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक पुकार थापाले दिएको राजीनामा स्वीकृत भएको छ । बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको बैंठकले थापाको राजीनामा स्वीकृत गरेको हो । थापाले यसअघि गत साउन २० गते सो पदबाट राजीनामा दिएका थिए ।