बैंकिङ्ग समाचार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी लगायत अवैधरुपमा भइरहेको डिजिटल कारोबारबाट दैनिक ५० करोडसम्म नेपाली मुद्रा बाहिरिने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यस्ता कारोबार नियन्त्रणका लागि सरकारले संयन्त्र परिचालन गरेको उनले बताए । रुकुममा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । साथै उनले आगामी आर्थिक वर्ष ०७९/८० को…