नेपाल एसबिआई बैंकका डेबिट कार्ड प्रयोगकर्ताले गौतम होटलमा विशेष छुट पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले गौतम होटलको विभिन्न सेवामा छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंकको प्रदेश कार्यालय प्रमुख लेखनाथ पोख्रेल र गौतम होटलका प्रोपाइटर हिरालाल गौतमबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले भिसा डेबिट कार्ड प्रयोग गरेर भुक्तानि गर्दा होटलको निश्चित सेवामा छुट पाउने छन् ।

उक्त कार्यक्रममा एसबिआई बैंक शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक प्रज्वल राज भण्डारी लगायत बैंक तथा होटलका अन्य कर्मचारीहरुको उपस्थिति थियो ।