लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, पारित भयो लाभांश तथा मर्जर प्रस्ताव

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, पारित भयो लाभांश तथा मर्जर प्रस्ताव

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौंको डिल्लीबजार स्थित अमृतभोग क्याटरिङमा सम्पन्न भएको हो ।

सभाले सगरमाथा इन्स्योरेन्ससँगको मर्जर प्रस्ताव तथा कुल ७ दशमलव ३६ प्रतिशत लाभांशसमेत पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र ० दशमलव ३६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स १०० बराबर ८० शेयर स्वाप रेसियोका आधारमा मर्जरमा जान लागेका हुन् । 

मर्जरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार गर्ने निर्णय पनि सभाले गरेको छ । शेयर स्वाप रेसियोअनुसार एकीकृत कारोबारपछि हाल लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेले ८० कित्ता शेयर प्राप्त गर्नेछन् । सगरमाथा इन्स्योरेन्सका शेयरधनीको हकमा भने १०० कित्ता शेयर बराबर १०० नै कायम हुनेछ ।

साथै, सभाले सञ्चालक समितिको १८औं बार्षिक प्रतिवेदन २०७८/०७९ पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्तको वासलात, आर्थिाक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गरेको छ ।