बैंकबाट कर्जा लिएका ऋणीहरुले लघुवित्तबाट ऋण लिन नपाउने

बैंकबाट कर्जा लिएका ऋणीहरुले लघुवित्तबाट ऋण लिन नपाउने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका व्यक्तिले लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशिका संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई लघुवित्तले कर्जा लगानी गर्न नपाउने व्यवस्था गरेको छ ।

लघुवित्तबाट ऋण लिने ग्राहकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट कर्जा लिएको हुन नहुने निर्देशिकामा उल्लेख छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य नहुने व्यवस्था गरेको हो ।

यस्तै अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको ऋणीले नै स्वघोषणा गर्नु पर्ने छ । यस्तै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको एकिन गर्नु पर्नेछ ।

यसअघि प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको कर्जा चुक्ता गर्न बाधा नपुग्ने भएको छ ।