नेप्सेमा फर्कियो हरियाली, आज ३३.५७ अंकले बजार बढ्दा १ अर्ब ८० करोडको कारोबार

नेप्सेमा फर्कियो हरियाली, आज ३३.५७ अंकले बजार बढ्दा १ अर्ब ८० करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ३३.५७ अंकले बढेर २ हजार ८० दशमलब ३८ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार नेप्से २३.६० अंकले घटेर २ हजार ४६ दशमलव ८१ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएपनि कारोबार रकममा भने सामान्य गिरावट भएको छ । आज नेप्सेमा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरुमध्ये १६५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४९ कम्पनीको शेयरमूल्य घटेको छ, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीहरुमध्ये तिन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज लिवर्टि इनर्जि, छ्याङदी हाइड्रोपावर र दोर्दी खोला हाइड्रोपावरको शेयरमूल्यमा समैभन्दा बढि वृद्धि भएको छ । यि तिन वटै कम्पनीहरुको शेयरमुल्य ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको हो । 

आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यसको शेयरमूल्य आज २१३ रुपैयाँले घटेर १९१७ रुपैयाँ पुगेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको भएको छ । यसको आज १३ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ ।