एनआईसी एशिया क्यापिटलको संचालक समिति अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त

एनआईसी एशिया क्यापिटलको संचालक समिति अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । क्यापिटलको फागुन ८ गते सोमबार सम्पन्न संचालक समितिको १२०औं बैठकले सोहि मितिदेखी लागु हुने गरी राठीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

एनआईसी एशिया बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत सन्तोष कुमार राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ ।

राठीले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले क्यापिटलको समग्र व्यवसाय विस्तार र सेवा सर्वोत्कृष्ट बन्ने विश्वास लिएको क्यापिटलले जनाएको छ ।