माई खोला हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न सेबोनको अनुमति

माई खोला हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न सेबोनको अनुमति

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
माई खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को अनुमति पाएको छ । कम्पनीलाई १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्कासन गर्न फागुन ३ गते सेबोनले अनुमति दिएको हो ।

अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले इलाममा ३ मेगाबाट क्षमताको सुपर माई क्यासकेड हाइड्रोपावर प्रोजेक्ट निर्माण गर्दैछ ।