बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार पनि उच्च अंकको गिरावट जारी रहेको छ । आज नेप्से २१.१५ अंकले घटेर २ हजार ७० दशमलब ४१ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से १३.९० अंकले घटेर २ हजार ९१ दशमलब ५६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा दोहोरो अंकको गिरावट भएसँगै कारोबार रकम पनि स्थिर रहेको छ । आज नेप्सेमा १ अर्ब ६८ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १ अर्ब ७३ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरुमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी वृद्धि भएको छ । आज सानिमा लार्ज क्याप फण्डको शेयरमूल्य ७.६५ प्रतिशतले बढेको हो ।
आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य छ.९१ प्रतिशतले घटेर २०,७०० पुगेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्टिलरीको भएको छ । यसको आज ५ करोड ३८ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया