बैंकिङ्ग समाचार, काठमाडौं ।
आज फागुन ४ गते, बिहीबार दुई लघुवित्तको लाभांश वितरण गर्ने अन्तिम दिन रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मिथिला लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाले भोली अर्थात फागुन ५ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आज फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी लघुवित्तहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी लघुवित्तहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले भने फागुन २१ गते आइतबार आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल, काभ्रेमा पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ करोड ७५ लाखको आधारमा ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यसैगरी, मिथिला लघुवित्तले फागुन १७ गते बुधबार न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल, लालगढ, धनुषामा १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १७ करोड ४ लाख ३७ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया