बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज मंगलबार पनि गिरावट जारी रहेको छ । आज नेप्से १६.४० अंकले घटेर २ हजार १ सय ५ दशमलब ४६ विन्दुमा बन्द भएको छ । गत आइतबार नेप्से ६०.८८ अंकले घटेर २ हजार १ सय २१ दशमलब ७५ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा दोहोरो अंकको गिरावट भएसँगै कारोबार रकममा पनि उच्च गिरावट भएको छ । आज नेप्सेमा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ३ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरुमध्ये ४५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७० कम्पनीको शेयरमूल्य घटेको छ, ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । युनिलिभर नेपाल लिमिटेडको शेयुमूल्य ६.१२ प्रतिशतले बढेर प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको हो ।
आज बलेफी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ७ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया