जनउत्थान सामुदायिक लघुवित्तले गर्यो लाभांश घोषणा, शेयरधनीलाई १५% बोनस दिने

जनउत्थान सामुदायिक लघुवित्तले गर्यो लाभांश घोषणा, शेयरधनीलाई १५% बोनस दिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव गरेको छ ।

माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ करोड ७९ लाख ६ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको छ । गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।