बैंकिङ्ग समाचार, काठमाडौं ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७७ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ६ करोड ३९ लाख नाफा कमाएकोमा चालू आवमा रू. २ करोड १२ लाखमा सिमित भएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.७५ प्रतिशत कम हो ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ प्रतिशत र सञ्चालन नाफा ६३ प्रतिशत घटेको छ ।
कम्पनीको चुक्ता पूँजी रू.३२ करोड रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ११ करोड ७२ लाख र रिटेन्ड अर्निङमा रू.१७ करोड ९३ लाख सञ्चिती गरेको छ । कम्पनीले रू. १ अर्ब १२ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब ७१ करोड भन्दा बढी कर्जा लगानी गरेको छ । चालू आवमा कम्पनीको वितरणयोग्य नाफा रू. ९७ लाख २७ हजार रहेको छ ।
नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस)मा पनि भारी गिरावट भएको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २६ रुपैयाँ ६६ पैसा घटेर १३ रुपैयाँ २९ पैसामा सीमित भएको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७०.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ७० पैसा रहेको छ ।
प्रतिक्रिया