सरकारले आज सार्वजनिक विदा दिएसँगै शेयर बजार पनि बन्द

सरकारले आज सार्वजनिक विदा दिएसँगै शेयर बजार पनि बन्द


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल सरकारले आज फागुन १ गते, जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जनयुद्ध दिवसका रूपमा आज सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

वि.सं. २०५२ फागुन १ गतेबाट जनयुद्ध सुरू भएको थियो । त्यसपछि, २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । जनयुद्धको नेतृत्व गरेको माओवादी दलको केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाइरहेको छ ।

परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक विदा दिने निर्णय लिएको हो । सार्वजनिक विदा भएका कारणले सबै सरकारी सेवा ठप्प हुनेछ यस सँगै आज शेयर बजार पनि बन्द हुने भएको छ ।