बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आइएमई बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सूचिकृत भएको छ ।
ग्लोबल आइएमई बैंकको साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनश शेयर बराबरको ७१ लाख ३८ हजार ७२६ कित्ता र नेशनल लाईफ इन्स्योरेन्सको साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनश शेयर बराबरको ६० लाख ५२ हजार ७३७ दशमलव २३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यी दुवै कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिनेछ ।
प्रतिक्रिया