साताको पहिलो दिन नेप्सेमा उच्च गिरावट, ३ अर्ब बराबरको कारोबार

साताको पहिलो दिन नेप्सेमा उच्च गिरावट, ३ अर्ब बराबरको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से ६०.८८ अंकले घटेर २ हजार १ सय २१ दशमलब ७५ विन्दुमा बन्द भएको छ । अघिल्लो साताको बिहिबार नेप्से १२.४३ अंकले बढेर २ हजार १ सय ८२ दशमलब ६१ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा ३ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा २ अर्ब ६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरुमध्ये ८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०७ कम्पनीको शेयरमूल्य घटेको छ ।

आजको कारोबार भएका कम्पनीमा सबैभन्दा बढी शेयरमूल्य खप्तड लघुवित्त वित्तीय संस्था बढेको छ । यस कम्पनीको शेयरमूल्य आज ४.४८ प्रतिशतले बढेर प्रतिकित्ता १३७५ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आइतबार ६ कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट भएको छ । यि कम्पनीहरुको शेयरमुल्य आज ६ प्रतिशत भन्दा बढिले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बढिको कारोबार भएको छ ।