बैंकिङ्ग समाचार, काठमाडौं ।
युनिलिभर नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७७ दशमलव ४२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म रू. ३१ करोड १४ लाख नाफा कमाएकोमा चालू आवमा वृद्धि भई रू. ५५ करोड २५ लाख पुगेको छ ।
चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएको छ । कम्पनीको कुल आम्दानी गत आवको तुलनामा चालू आवमा ३२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ अर्ब ७० करोड कुल आम्दानी गरेकोमा चालू आवमा रू. २ अर्ब २४ करोड पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ९ करोड २१ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. ३ अर्ब ३३ करोड सञ्चित गरेको छ । गत आवमा कम्पनीको जगेडामा रू. २ अर्ब ५१ करोड थियो ।
चालू आवमा कम्पनीको कुल खर्च रू. १ अर्ब ५८ करोड रहेको छ । यो खर्च गत आवमा रू. १ अर्ब ३० करोड थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) ६७६ रुपैयाँ २२ पैसा रहेको थियो त्यस्तै चालु आर्थिक वर्षको यस अवधिसम्ममा कम्पनीको प्रति शेयर आम्दानी १ हजार १९९ रुपैयाँ ७८ पैसा पुगेको छ । यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार ७२२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१२ गुणा रहेको छ ।
प्रतिक्रिया