राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क बढेसँगै ९२% ले बढ्यो नाफा

राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क बढेसँगै ९२% ले बढ्यो नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति गरेको देखिएको छ । यस अवधिमा कम्पनीले सबै सूचकहरुमा राम्रो प्रदर्शन गरेको वित्तीय विवरणमा देखिएको छ ।

राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा ९२.५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १९ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ६४.६० प्रतिशतले बढेर २१ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १२ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत ९ करोड ४६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ११ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ५७ करोड २३ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ८५ करोड ४० लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २८० रुपैयाँ ६७ पैसा, प्रतिशेयर नेटवर्थ १४३९ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात ९९.७५ गुणा रहेको छ ।