बैंकिङ्ग समाचार, काठमाडौं ।
शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले शुक्रवार बिहान आईपिओ बाँडफाँड बाँडफाँट गरेको हो ।
आयोजना प्रभावित स्थानीयमा यसअघिनै आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको हो । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपिओमा खरीदका लागि कुल १२ लाख ७५ हजार ४२१ जनाको आवेदन प्राप्त भएको थियो ।
कुल आवेदकहरूबाट करोड ३८ लाख ४७ हजार ५७० कित्ता शेयर खरीद माग भएको विक्री प्रबन्धकको भनाई छ । कुल आवेदकहरूमध्ये ३ हजार ५८७ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट १२ लाख ७१ हजार ८३४ जना योग्य आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराईएको थियो । यसमध्ये भाग्यमानी ४८ हजार १८८ जना आवेदकले शेयर हात पारेका छन् । यी मध्येपनि भाग्यमानी २ जनाले थप एक कित्ता शेयर गरी कुल ११ कित्ता शेयर हात पारेका छन् ।
यस कम्पनीले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड पछि कर्मचारीलाई ११ हजार ६१० कित्ता छुट्याएर ४ लाख ८१ हजार ८८२ कित्ता शेयर सर्बसाधारणमा विक्री गरेको थियो ।
प्रतिक्रिया