बैंकिङ्ग शिक्षा र प्रभु क्यापिटलको सहकार्यमा शेयर लगानी सम्बन्धी कार्यक्रम सम्पन्न

बैंकिङ्ग शिक्षा र प्रभु क्यापिटलको सहकार्यमा शेयर लगानी सम्बन्धी कार्यक्रम सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
चितवनको रत्नगर स्थित न्यू क्यापिटल कलेजमा गत शुक्रबार एक दिने शेयर लगानी सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ । बैकिङ्ग शिक्षा र प्रभू क्यापिटलको संयुक्त रूपमा आयोजना गरीएको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका उप निर्देशक टेक राज भण्डारी, चितवन जिल्लाका प्रहरी उपरीक्षक नवराज अधिकारी, बैकिङ्ग शिक्षा कार्यक्रमका संयोजक राजु ढुङ्गेल, क्यापिटल कलेजका प्रधानाध्यापक भुपेन्द्र धिताल र अन्य शिक्षक तथा शिक्षिका लगायत ३५० भन्दा बढी विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

\"\"

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका उप निर्देशक टेक राज भण्डारीले शेयर लगानी सम्बन्धी ज्ञान विधार्थी, शिक्षक र सम्पूर्ण सर्वसाधारणहरुलाई आवश्यक रहेको बताउँदै राष्ट्र बैंकको तर्फबाट सकेको सबै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

यस्तै क्यापिटल कलेजका प्रधानाध्यापक भुपेन्द्र धितालले शेयर लागानीको बारेमा ज्ञान सबै शिक्षक र बिद्यार्थीहरु माझमा निकै महत्वपूर्ण र अत्ति आवश्यक रहेको बताए । बिद्यार्थीहरुलाई यस्तो शिक्षाले भविष्यमा निकै फाइदा हुने उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै विद्यालय स्तरमा जतिपनि विषय पढाइ हुन्छ त्यसमा शेयर लागानीको बारेमा नपढाईएको, नसिकाइएको बैकिङ्ग शिक्षा कार्यक्रमका संयोजक राजु ढुङ्गेलले बताए ।

\"\"

त्यस्तै , यो कार्यक्रम धेरै प्रभावकारी भएको तथा यस कार्यक्रमबाट धेरै कुरा सिकिएको उपस्थित विद्यार्थीहरुले बताएका छन् । विद्यालयमा पढाइ हुने पाठ्यक्रममा पनि शेयर लागानीको बारेमा समाबेश गर्नु पर्ने पनि विद्यार्थीहरूले बताएका छन् ।