नेप्सेमा आज दोहोरो अंकको वृद्धि, १२.४३ अंकले नेप्से बढ्दा कारोबार रकम २ अर्बमा सिमित

नेप्सेमा आज दोहोरो अंकको वृद्धि, १२.४३ अंकले नेप्से बढ्दा कारोबार रकम २ अर्बमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहारो अंकको वृद्धि भएको छ । आज नेप्से १२.४३ अंकले बढेर २ हजार १ सय ८२ दशमलब ६१ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ७.१३ अंकले घटेर २ हजार १ सय ७० दशमलब २१ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा दोहारो अंकको वृद्धि भएपनि कारोबार रकममा भने उच्च गिरावट भएको छ । आज नेप्सेमा २ अर्ब ६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरुमध्ये १५२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५८ कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज बराही हाइड्रोपावरको शेयरमूल्यमा उच्च अंकको वृद्धि भएको छ । यस कम्पनीको शेयरमुल्य आज सर्किट लेभलमा वृद्धि भएको हो ।

आज नबिल ब्यालेन्स फण्ड ३ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपि पावर कम्पनीको भएको छ । यसको आज ५ करोड ८६ लाखभन्दा बढीको कारोबार भएको छ ।