हिजो उच्च अंकको वृद्धि भएको नेप्सेमा आज सामान्य अंकको गिरावट, कारोबार रकम बढेर साढे ३ अर्ब माथि

हिजो उच्च अंकको वृद्धि भएको नेप्सेमा आज सामान्य अंकको गिरावट, कारोबार रकम बढेर साढे ३ अर्ब माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहारो अंकको गिरावट भएको छ । आज नेप्से ७.१३ अंकले घटेर २ हजार १ सय ७० दशमलब २१ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से ७६.६४ अंकले बढेर २ हजार १ सय ७७ दशमलब ३४ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा सामान्य अंकको गिरावट भएपनि कारोबार रकम भने वृद्धि भइ साढे ३ अर्ब माथि पुगेको छ । आज नेप्सेमा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ६७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४२ कम्पनीको शेयरमूल्य घटेको छ, ७ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज तेह्रथुम पावर र धौलागिरी लघुवित्तको शेयरमूल्यमा सबै भन्दा बढि वृद्धि भएको छ । यि दुवै कम्पनीको शेयरमुल्य आज ३ प्रतिशत भन्दा बढिले वृद्धि भएको हो ।

आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि इन्स्योरेन्सको भएको छ । यसको आज ११ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ ।